fbpx
Nepal Mediciti

गृहपृष्ठ रातो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)

रातो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)

Rato Machhindranath newskarobar

ललितपुरमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा भइरहेको छ । आइतबार दिउँसोबाट सुरु भएको रथयात्रामा रथलाई जात्रा अवधिभर ललितपुरका टोलटोलमा घुमाउने गरिन्छ । रथयात्राका क्रममा पर्वभरि होम र गाई दान गर्ने गरिन्छ । उपत्यकाकै सबैभन्दा लामो यो रथयात्रा ललितपुरको सबैभन्दा ठूलो जात्रा हो । पुल्चोकमा रहेको मच्छिन्द्रनाथको रथलाई तानेर बिहीबार गाबहाल पु-याइएको छ । यो जात्रा करिब १५ सय वर्षदेखि चल्दै आएको विश्वास गरिन्छ ।

मच्छिन्द्रनाथको जात्रामा बर्सेनि मातातीर्थ औंशीपछिको चौथो दिन चतुर्थीदेखि रथ तान्न सुरु गरिन्छ । बुधबार रातो मच्छिन्द्रनाथसँगै मीननाथको पनि रथयात्रा सुरु भएको छ । मीननाथलाई भने आजै टंगल टोलमा रहेको सानो रथमा रथारोहण गरी रथयात्रा सुरु गरिन्छ । टंगल टोलमा रथारोहण गरिएको मीननाथको रथलाई भने रातो मच्छिन्द्रनाथको बाटो हेर्न लैजाने रथको रूपमा लिइन्छ ।
टंगल टोलबाट मीननाथको रथलाई तानेर गाबहालसम्म बाटो हेर्न लैजाने गरिन्छ । रातो मच्छिन्द्रनाथलाई पुल्चोकबाट गाबहालसम्म तानेपछि मच्छिन्द्रनाथ अघि-अघि र मीननाथ पछि-पछि गराएर रथयात्रा गरिन्छ । यो रथयात्रा गाबहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेल पु-याइन्छ ।

३२ हात अग्लो र ३२ तल्लाको रथकै यो रथको गुडाउने पाङ्ग्राको परिधिसमेत ३२ हातकै हुन्छ । रथलाई हरियो धुपीले सजाइएको हुन्छ । लिच्छवीकालीन राजा गुणकामदेवले सुरु गरेको यो रथजात्राको मूल थलो ललितपुरको बुंगमती हो । मुलुकमा १२ वर्षसम्म पानी नपरी सुक्खा भई अनिकाल परेका कारण लिच्छवीकालमा भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक गुरु बन्धुदत्त बज्राचार्य र पाटनका किसान ललित ज्यापूले मच्छिन्द्रनाथलाई आसामको कामरूपा कामाक्षबाट ल्याएको किंम्बदन्ती छ ।

Rato Machhindranath newskarobar

Rato Machhindranath newskarobar

Rato Machhindranath newskarobar

Rato Machhindranath newskarobar

Rato Machhindranath newskarobar

Rato Machhindranath newskarobar

प्रकाशित समय ०५:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु