fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ तराईमा होलीको रौनक (फोटोफिचर)

तराईमा होलीको रौनक (फोटोफिचर)

फागु पूर्णीमाको अबसर पारेर तराईका जिल्लाहरु होली पर्व बिहीबार मनाइएको छ । पहाडी र हिमाली भेगमा बुधबार होली खेलिएपनि तराईमा बिहीबार खेलिएको हो । मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने रङ्गहरुको पर्व होलीलाई पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । तराइमा भनें महिला र पुरुषको बीचमा आत्मियता प्रदर्शन हुने मदन उत्सवको रुपमा भोलिपल्ट होली मनाइन्छ । होलीको अवसरमा तराईका जिल्लामा ‘जोगिरा’ समेत गाउने चलन छ ।

विशेषगरी पूर्वि तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिन्न जातजातीहरुले यो पर्व हर्ष उल्लासका साथ राउँछन् । होली वर्पका अबसरमा तराइमा ‘मट्का’ फुटाउने चलन छ भने विभिन्न खेलहरु खेलेर समेत होली पर्व मनाइन्छ । विराटनगर बजारमा दिनैभरी एक आपसमा रंग दलेर होली खेलिएको छ ।

होली पर्वको अवसरमा विराटनगरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर सामूहिक होली पर्व मनाइएको छ । होली पर्वको अवसरमा नेकपा मोरङले होली मिलन कार्यक्रम आयोजना गरेको छ । होली मिलन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सरकारका मन्त्रीहरु, सांसद, नेता कार्यकर्ता पत्रकार र स्थानीयको सहभागिता थियो । विराटनगर महानगरपालिकाले पनि होली मिलन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाहाङ, महानगर प्रमुख भीम पराजुली लगायतको सहभागिता थियो ।

 

 

प्रकाशित समय १३:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु