fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ विश्वकै ठूलो कन्डम फ्याक्ट्रीमा नेपालीको बेहाल

विश्वकै ठूलो कन्डम फ्याक्ट्रीमा नेपालीको बेहाल

malaysia-newskarobar

दुई पैसा कमाएर परिवारलाई नै सुख दिउँला भनेर मलेसिया पुगेका महेश थापाको आँखामा हतास भाव छ । यी युवा पिता विश्वकै ठूलो कन्डम बनाउने कम्पनीमा काम गर्नका लागि, आफ्ना ससाना दुई ससान छोराछोरीका दालभात जोहो र उनीहरूका शिक्षाका लागि केही कमाइ गर्न नेपालबाट मलेसिया पुगेका हुन् ।

उनले आफ्नो परिवारका सुरक्षाका लागि एनएचएसका फ्याक्टीमा काम पाउने अपेक्षा गरेका थिए, जसले टेस्को, बुट्स, सुपर ड्रगजस्ता ‘हाई स्ट्रीट ब्रान्ड्स’ उत्पादन गर्थ्यो । तर तीन वर्षे करारको करिब दुइ तिहाइ समय क्वालालाम्पुरको पोर्ट क्लाङ्गमा सकिँदा थापा घन्टामा आधारित करिब १५० रूपैयाँको न्यून पारिश्रमिकमा नबाँचिने ठहरमा पुगेका छन् ।

ओभरटाइम सुक्खा हुँदा आफ्नी आमा, श्रीमती र बालबच्चाका लागि केही गर्न नसकिने अवस्थामा पुगेको कुरा उनले आँखाभरि आँशु पार्दै सुनाए । उनले सातामा ६ दिन ८ घण्टा काम गरे पनि मुश्किलले मासिक ३० हजार रूपैयाँजति मात्र कमाउँछन् ।

उक्त कम्पनीले त्यहाँ कार्यरत कामदारलाई मासिक १०००-११०० रिङ्गिटमात्र तलब दिने भएकाले नेपालीहरूले ओभरटाइम नगरी धरै पाउँदैनन् । कारेक्समा काम गर्ने नेपालीले १२ देखि २४ घण्टासम्मकै ओभरटाइम गर्नु परेको कामदारहरूले टेलिग्राफलाई बताएका छन् ।

“मेरो एउटा परिवार छ र मलाइ यहाँ खानु पनि छ, बाँच्नु पनि छ। ओभरटाइमबिना म परिवारका भरथेग गर्न सक्दिन, अब म के गरूँ? ” उनले भने ।

उनका लागि बाहिर  घुमफिर गरेर फेरि फर्केर आउनु व्यवहारिक विकल्प होइन ।  मलेशियामा यसरी घुमफिर गरेर आउनेका श्रमसम्झैता खारेज गरेर, तीन महिनासम्मका तलब जरिवानासमेत तोकिने थापालाई डर छ ।

Karex_Bloomberg_NewsKarobar

उनले मलेसिया जाँदा म्यानपावर कम्पनीले मागेको १ लाख २५ हजार तिर्न एक व्यक्तिबाट सो रकम ऋण लिएका थिए । उनीहरूले यसका दोब्बर कमाउने बाचा गरेर फँसाएको थापाको गुनासो छ ।

नेपाली कामदारले उक्त फ्याक्ट्रीमा काम गर्न जानका लागि म्यानपावर कम्पनीहरूलाइ १ लाख २० हजारदेखि १ लाख ७० हजार रूपैयाँसम्म बुझाएका थिए, जसका लागि उनीहरूले मासिक २ देखि ५ रूपैयाँसम्मका ब्याजदरका ऋण काढेका छन् ।

द टेलिग्राफ पत्रिकाले कारेक्सको  पोन्टेन, सेनाइ र पोर्ट क्लाङस्थित कन्डम र क्याथेटर फ्याक्ट्रीमा काम गरिरहेका २२ नेपाली र बंगलादेशी कामदारसँग कुराकानी गरेर विशेष रिपोर्ट  प्रकाशित गरेको छ ।

विश्वकै “नैतिक रूपमा जागरूक” उत्कृष्ठ ब्रान्ड आपूर्ति गर्ने यो कम्पनीका सबै कामदारका उस्तै पीडाका कथा छन् ।

कारेक्स कन्डम फ्याक्ट्रीका कामदार अति नै दयनीय अवस्थामा बसोबास गरिरहेका भेटिए, एउटै कोठामा १२ जनासम्म चिसो र अस्वस्थ्य कोठामा खाँदिएर बस्ने गरेको पाइयो ।

मासिक ९ पाउन्ड (१३५० रूपैयाँ) काटिने गरी एउटा स्टिलका आधा भाग त दिइयो, तर ओच्याउने केही पनि दिइएन,  लुगा टाँङ्ग स्प्रिङ्गका टुक्रा दिइयो । शौचालय यति फोहर र बिग्रे भत्केको कि पस्न पनि सकस् ।  भान्साका नाममा दुइ वटा ग्यास चुल्हो ।

“यहाँ त बेलाबेलामा विषालू साँप पनि आउँछन,” एक कामदारले भने “ बसोबासस्थल ठिक छैन । हामी यसरी बाँच्न सक्दैनैं।”

पोर्ट क्लाङमा रहेका नेपालीहरूले सुरक्षाका मुख्य सबाल रहेको बताए । त्यहाँका  स्थानीय अपराधिक समूहले नेपालीसहित आप्रवासियहरूलाइ लुट्ने गरेका छन् । हालैमात्र चार जना पुरुष लुटेरासँग एक्लै लडेकी एक नेपाली महिनाले भनिन, “यहाँ हामी कुकुर बिराला जस्ता भएका छैं, हाम्रो कुनै मूल्यमान्यता छैन ।”

फोर्ब्सका अनुसार, केरेक्सले एक वर्षमा पाँच अर्ब थान कन्डम उत्पादन गर्छ, जुन विश्व बजारको करिब १५ प्रतिशत हो । यसको कारोबार करिब ७ करोड पाउन्डबराबरको छ, यसका वरिष्ट निर्देशक  गोह सियाङ मलेशियाका सबैभन्दा धनी व्यक्तिमा पर्छन् ।

मलेसिया जाने नेपाली ठगिने क्रम बढेपछि सरकारले त्यता नेपाली कामदार पठाउने बन्देज लगाएकोमा अहिले आंशिक खुल्ला गरेको छ । अब मलेसियामा हुने श्रम शोषणबाट बचाउन सरकारीस्तरमै द्विपक्षीय श्रम सहमति जरूरी छ ।

द टेलिग्राफका इनपुटसहित न्युज कारोबार टिमद्वारा सम्पादित

प्रकाशित समय १४:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु