fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ यसरी हुँदैछ सगरमाथाको उचाई मापन

यसरी हुँदैछ सगरमाथाको उचाई मापन

Everest height Mapping_NewsKarobar

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाईका सम्बन्धमा पछिल्ला समयमा विभिन्न प्रश्न उठेपछि नेपाल सरकार आफैले यसको उचाई मापन सुरु गरेको छ । नापी विभागले यसका लागि विशेष कार्यदल खटाएर गत आर्थिक वर्षदेखि आधारभूत मापनको काम थालिसकेको छ ।
सगरमाथाको आधिकारिक उचाई मापनका लागि ५० किलामिटरको समथर भूभागमा भूआकर्षण विन्दु बनाउनु पर्ने भएकाले हाल सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुली, उदयपुर, खोटाङ र ओखलढुंगा जिल्लामा यस्ता ४८ वटा विन्दु कायम गरिसकिएको सगरमाथा उचाई मापन सचिवालयले जानकारी दिएको छ ।
यसैअन्तर्गत सिरहाको माडरदेखि सोलुखुम्बुको पत्तालेसम्म हरेक २ किलोमिटरका १०२ विन्दुमा अत्याधुनिक प्रविधिबाट ‘जीएनएसएस’ सर्वे सम्पन्न भएको सचिवालयले बताएको छ ।
नापी विभागका अनुसार हालसम्म झन्डै १७० किलोमिटरको सर्वे सम्पन्न भइसकेको छ । सगरमाथाको उचाई मापन गरिसक्न २ वर्ष लाग्ने अनुमान नापी विभागले गरेको छ ।
०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि सगरमाथाको उचाई पहिलेभन्दा बढेको हुनसक्ने वैज्ञानिकहरुको दाबीपछि सगरमाथाको उचाई नाप्ने पहल नेपाल आफैले थालेको हो । पहिलो पटक भारतको सर्वे अफ इन्डियाले सन् १८४७ मा पहिलो पटक सगरमाथा (सुरुमा पिक फिप्टिन नाम राखिएको)लाई ८ हजार ७७८ मिटर रहेको विश्वकै सर्वोच्च शिखरका रूपमा उल्लेख गरेको थियो भने सन् १८४९/५० मा नेपालतर्फबाट गरिएको अध्ययनबाट यसको उचाइ ८८४० मिटर उल्लेख गरियो । तर, सन् १९५४ मा सर्वे अफ इन्डियाले गरेको अर्को अध्ययनले यसको उचाइ ८८४८ मिटर कायम गर्‍यो, जसलाई नेपाल सरकारले आधिकारिक मान्यता दिएको छ ।

यसरी हुँदैछ सगरमाथाको उचाई मापन फोटो फिचर      

प्रकाशित समय १३:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु