nmb bank

गृहपृष्ठ सेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए आशय पत्र

सेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए आशय पत्र

सेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए आशय पत्र

नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र प्रदान गरेको छ ।

बुधबार साँझ बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

गत सोमबार पनि बोर्डले एउटा धितोपत्र व्यापारी, एक पूर्ण कारोबार गर्ने ब्रोकरसहित १६ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र दिएको थियो ।

धितोपत्र बोर्डले गत २ असोज २०७९ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्ड लाइसेन्सलाई ‘ओपन इन्ट्री ओपन एक्जिट’ को व्यवस्थासहित नियमावली संशोधन गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो।

आवेदन दिने ३० दिनको अवधिमा ४५ कम्पनीको आवेदन परेको थियो । धितोपत्र बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड तोकेको छ । त्यस्तै पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको हो ।

बोर्डले एलओआई प्रदान गरेपछि पूर्वाधार तयार गर्न कम्पनीलाई निर्देशन दिनुपर्ने व्यवस्था गरेको छ ।

यस्ताे छ सूची

प्रकाशित समय : १०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु