nmb bank

गृहपृष्ठ फ्रेन्च लिग वान : पीएसजीको पहिलो हार

फ्रेन्च लिग वान : पीएसजीको पहिलो हार

फ्रेन्च लिग वान : पीएसजीको पहिलो हार

पेरिस सेन्ट जर्मेन पीएसजी मार्चयता पहिलो पटक पराजित भएको छ । फ्रेन्च लिग वानमा पीएसजी लेन्ससँग आइतबार राति ३-१ ले हार बेहोर्न बाध्य भएको हो ।

स्टार खेलाडी लियोनल मेसी र नेयमार बिना मैदानमा उत्रिएको पीएसजी फिनिसिङमा चुकेको थियो । केलियन एम्बाप्पले पूरा समय खेले पनि आफूलाई प्रमाणित गर्न सकेनन् । दोस्रो स्थानको लेन्स पछिल्लो १७ खेलमा जम्मा एक खेलमा हार बेहोरेको छ । क्रिस्टोफ गाल्टियरको पीएसजीभन्दा लेन्स जम्मा चार अंकले पछि छ । लेन्सको जितमा लुइस ओपेन्डाले एक गोल गरे भने एक गोलको अवसर सृजना गरेका थिए ।

खेलको पाँचौ मिनेटमा फ्रांकओस्कीले भलि बललाई गोलमा परिणत गरेका थिए । हुगो इकिटिकेले बराबरी गोल गरे फर्काए । २८औं मिनेटमा रक्षक मार्किन्होसलाई बिट गर्दै ओपेन्डाले २-१ को अग्रता दिलाए । दोस्रो हाफको दोस्रो मिनेटमै एलेक्सिस क्लाउडे मौउरिसले तेस्रो गोल गरेका थिए ।

यस अघि पीएसजी मार्च २० मा मोनाकोसँग ३-० ले पराजित भएको थियो । १० दिनपछि पीएसजीले च्याम्पियन्स लिगमा रियल मड्रिडको सामना गर्दैछ ।

प्रकाशित समय : १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु