fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २७)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २७)

कुन देशलाई सेतो हात्तीको देश भनेर चिनिन्छ ?

loksewa-newskarobar.com

१. संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी २४औं शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?
– पोल्यान्ड
२. २२औं शीतकालीन ओलम्पिक कुन देशमा भयो ?
– रुस
३. सबैभन्दा ठूलो शिशु ग्रह कुन हो ?
– सेरेस
४. यूएन मिसनमा पहिलो नेपाली फोर्स कमान्डर हुने व्यक्ति को हुन् ?
– कृष्णनारायण सिंह
५. नेपाल रत्न विभूषण २०७५ कसलाई प्रदान गरियो ?
– पुष्पलाल श्रेष्ठ (मरणोपरान्त)
६. विश्व वातावरण दिवस २०१८ को नारा के थियो ?
– बिट प्लास्टिक पोलुसन
७. सर्वप्रथम ओजोन तहमा प्वाल रहेको पत्ता लगाउने वैज्ञानिक को हुन् ?
– शेरउड रोल्यान्ड
८. ‘किड्नी अफ द वल्र्ड’ भन्नाले कस्तो किसिमको जमिन भन्ने बुझिन्छ ?
– सिमसार क्षेत्र
९. ‘सबै जीवमा अत्यधिक सन्तान उत्पादन गर्ने क्षमता हुन्छ’ यो कसको भनाइ हो ?
– डार्विन
१०. ओपेकको स्थापना कहिले भएको हो ?
– १९६० नोभेम्बर १४
११. उत्तरी धु्रवदेखि दक्षिणी धु्रवसम्म फैलिएको महासागर कुन हो ?
– आन्ध्र महासागर
१२. दोस्रो विश्वयुद्धमा विभाजित जर्मनी कहिले एकीकृत भयो ?
– सन् १९९०
१३. लोक सेवा आयोगको क्षेत्रीय र अञ्चलस्तरीय कार्यालय स्थापना गरी कहिलेदेखि अधिकार प्रत्यायोजन गरिएको हो ?
– वि.स २०३२
१४. प्रस्तावित नौमुरे जलविद्युत आयोजना कुन जिल्लामा पर्छ ?
– प्युठान
१५. नेपालको चुरे वनक्षेत्र संरक्षणका लागि कुन देशले सहयोग गरेको छ ?
– जर्मनी
१६. सरकारले कुन दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको छ ?
– वैशाख २४
१७. राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
– राजनप्रसाद पन्त
१८. व्यवस्थापिका संसदले भ्रष्टाचारसहितका गम्भीर प्रकृतिका फौजदारी अपराधमा सजाय पाएकाहरुले उम्मेदवार हुन नपाउने गरी निर्वाचनसम्बन्धी कानुन कहिले पारित गरेको हो ?
– २०७४ भदौ १९
१९. पृथ्वीको सबै ठाउँमा दिन र रात बराबर हुने दिन कुन हो ?
– २३ मार्च
२०. कुन देशलाई सेतो हात्तीको देश भनेर चिनिन्छ ?
– थाइल्यान्ड

प्रकाशित समय १९:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु