fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ यसरी फेरिँदै छ बुद्धशान्ति गाउँपालिकाको मुहार

यसरी फेरिँदै छ बुद्धशान्ति गाउँपालिकाको मुहार

पर्यटकीय क्षेत्र बनाउन भ्यूटावर, केवलकार र बञ्जी जम्प जस्ता संरचनाको निर्माण हुँदै

झापास्थित बुद्धशान्ति गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विभिन्न योजनाहरु अघि सारिएका छन् । इलाम जिल्लासँग सीमा जोडिएको उत्तर–पूर्वी झापाको सो गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विभिन्न संरचना निर्माणका योजना बनाईएका छन् ।

गाउँपालिकाको वडा नम्बर ७ स्थित धारागोलामा भ्यूटावर निर्माण गरिएको छ । आर्थिक वर्ष २०७१÷०७२ योजना रहे पनि चालु आर्थिक वर्षबाट सञ्चालनमा ल्याइने गरी उक्त भ्यूटावर निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष मात्रिका पौडेलले बताए ।

उनले भ्यूटावर गाउँपालिकाको १ करोड रुपैयाँको लागतमा पर्कसहित निर्माणको योजना रहेको जानकारी दिए । उनले भने, ‘यहाँबाट विभिन्न स्थानहरुको राम्रो दृष्य देख्न सकिन्छ । यो झापाको सबैभन्दा अग्लो स्थानमा पनि पर्छ । त्यसैले उचाइका कारण भ्यूटावरको अवधारणा ल्याएका हौं । धेरै काम सकिएको छ र वैशाखदेखी सबैकाम सम्पन्न गरेर सञ्चालन गर्ने तयारी गरेका छौं ।’

हालसम्म उक्त भ्यूटावर निर्माणमा ५० लाख भन्दा बढी बजेट खर्च भईसकेको वडाध्यक्ष पौडेलले बताए । निर्माणधीन अवस्थामै रहे पनि सो भ्युटावरबाट दृष्यावलोकनका लागि यतिबेला पर्यटकहरु विभिन्न स्थानबाट आउने गरेका छन् ।

तिनतले सो भ्यूटावरबाट विर्तामोड बजार, झापाका विभिन्न स्थान, भारतको सिलगढी र इलामका रमणीय दृष्य प्रष्ट देख्न सकिने भएकाले त्यहाँ पग्ने पर्यटकहरुको संख्या बढ्दै जान थालेको छ । भ्यूटारबाट दृष्यावलोकनका लागि पुगेका विराटनगरका प्रल्हाद पाण्डेले भ्यूटार प्राकृतिक रुपले शुन्दर ठाउँमा निर्माण गरिएको र सो स्थानबाट धेरै स्थानहरुको राम्रो दृष्यावलोकन गर्न सकिने जानकारी पाएपछि अवलोकनका लागि छुट्टिको समयमा आएको बताए ।

उनले भने, ‘भ्यूटार प्राकृतिक रुपमा शुन्दर ठाउँमा निर्माण गरिएको रहेछ, जहाँबाट झापाका धरै ठाउँ, इलाम र भारतको सिलिगढीसम्म राम्रोसँग देख्न सकिने रहेछ । दृयावलोकनका लागि अति नै राम्रो रहेछ ।’

त्यस्तै सोही वडाको जरेवरमा प्रदेश सरकारको ३० लाख रुपैयाँ लगानीमा पर्यटकीय पार्क निर्माण गरिने भएको छ । ‘सुसाइड प्वइन्ट’का नामबाट परिचित जरेवर क्षेत्रमा घेरबार सहितको पार्क निर्माण गरिने भएको छ । सो स्थानको तिमाई खोलामा नेपालकै सबैभन्दा अग्लो स्थानको झोलुंगेपुल निर्माण गरिने छ भने साहसिक बञ्जी जम्प पनि सञ्चालनको योजना रहेको र त्यसका लागि डिपिआर गरेर संघिय सरकारलाई पठाइएको वडाध्यक्ष पौडेलले बताए ।

उनले भने, ‘जरेवर क्षेत्रमा पर्यटकीय पार्क निर्माण हुन्छ, जसका लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यहाँबाट पारिपारी तिमाई खोलामा वारिपारी जुन हजार मिटर उचाईमा छ यहाँ नेपालकै अग्लो स्थानको झोलुंगे पुल बनाउने गरी पुल महाशाखामा योजना पठाउका छौं र यसबाट बञ्जी जम्प पनि सञ्चालन गर्नै योजना छ र त्यसको डिपिआर गरेर पठाएका छौं ।’

वडाध्यक्ष पौडेलले पर्यटनको प्रयाप्त सम्भावना रहेको सो गाउँपालिकाको तामाकोट बाट इलामको रोङ गाउँपालिकामा पर्ने सानो पाथिभरा मन्दिरसम्म ३ किलोमिटर केबलकार सञ्चालन गर्ने योजना समेत रहेको बताए ।

 

प्रकाशित समय १३:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु