fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ माफियाबाट सरकारी सम्पत्ति फिर्ता गराई कामपा-४ को कार्यालय स्थापना

माफियाबाट सरकारी सम्पत्ति फिर्ता गराई कामपा-४ को कार्यालय स्थापना

ईश्वर पोखरेल भन्छन्- जनताको पक्षमा काम गर्न खबरदारी गर्नुहोस्

kathmandu4-office-newskarobar

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनताबाट निर्वाचित जनप्रतिधिले जनताको भावना र चाहनाअनुरुप नै काम गर्नुपर्ने बताएका छन् । ‘हामी जनताबाट निर्वाचित भएका हौं,’ काठमाडौं महानगरपालिका वडा नम्बर ४ को कार्यालय चण्डोलमा उद्घाटन गर्दै उनले भने, ‘त्यसकारण हामीलाई जनताको पक्षमा काम गर्नका लागि खबरदारी गर्ने काम पनि जनताकै हो ।’ काठमाडौं महानगरपालिका–४ का जनप्रतिनिधिले अन्य क्षेत्रका जनप्रतिनिधिले भन्दा राम्रो काम गरेको भन्दै उनले प्रशंसा गरे ।

त्यस्तै, प्रदेश सभा ५ ‘क’ बाट निर्वाचित सांसद नारायण सिलवालले जनताको पक्षमा काम गर्न आफूहरु सधैं तयार रहेको बताए । ‘हामी निर्वाचित भएर आएपछि धेरै काम गरेका छौं,’ उनले भने, ‘तर केही मान्छे हामीले गरेका राम्रा कामको पनि विरोध गर्दै हिँडेका छन् ।’ उनले विकास निर्माणका केही महत्वाकांक्षी काम प्रक्रियामा रहेकाले ढिलाइ भएको तर्क गरे । मेलम्ची खानेपानी आयोजना सम्पन्न भएसँगै काठमाडौंमा खानेपानीको समस्या समाधान हुने उनको भनाइ छ ।

कार्यक्रममा महानगरपालिका–४ का अध्यक्ष मोहनबहादुर विष्टले ४ नम्बर वडामा सरकारी सम्पत्ति दोहन गर्ने भूमाफियालाई कुनै पनि हालतमा नछाड्ने दाबी गरे । ‘वडाभित्र धेरै सरकारी जग्गा भूमाफियाले दोहन गरिरहेका र वडा कार्यालयले त्यसको खोजी गरिरहेको छ,’ उनले भने ।

महानगरपालिका–४ ले १३ वर्षदेखि सरकारी स्वामित्वमा रहेको जग्गाबाट व्यक्तिले भाडा उठाएर खाइरहेको घरमा कार्यालय स्थापना गरेको हो । बालुवाटारमा रहेको पुरानो कार्यालयमा वडा नम्बर ४ का लागि नयाँ भवन बन्दै छ । अहिले स्थानान्तरण भएको भवनमा नयाँ भवन नबनेसम्म कार्यालय रहनेछ ।

प्रकाशित समय १४:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु