fbpx
Nepal Mediciti

गृहपृष्ठ फेवातालबाट मासिक जलकुम्भी झार निकालिने

फेवातालबाट मासिक जलकुम्भी झार निकालिने

पोखरा महानगरपालिका–१८ को अगुवाईमा फेवाताबाट जलकुम्भी झार निकाल्न थालिएको छ ।
फेवातालको खपौंदी क्षेत्रबाट आइतबार जलकुम्भीसहितका विभिन्न झार निकालिएको हो । सरसफाइमा करिब सयभन्दा बढी व्यक्ति जुटेको वडा अध्यक्ष रणबहादुर थापाले जानकारी दिए । मेसिनले जलकुम्भी झार फाल्न नमिल्ने स्थानमा सरसफाइ गर्ने थापाले जानकारी दिए । वडाले महिनाको हरेका तीन गते फेवाताल सफाइमा जुट्ने तालिका बनाएको छ ।

फेवाताल संरक्षण अभियान अन्तर्गत महानगरले फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिसकेको छ ।

प्रकाशित समय १८:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु