fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ जम्मू कश्मीर हिमपहिरोमा ६ प्रहरीसहित १० जना बेपत्ता

जम्मू कश्मीर हिमपहिरोमा ६ प्रहरीसहित १० जना बेपत्ता

भारतको जम्मू कश्मीर राज्यको कुलगाम जिल्लामा हिमपहिरोमा परि ६ जना प्रहरीसहित १० जना बेपत्ता भएका छन् ।

श्रीनगर–जम्मू राजमार्गमा बिहीबार गएको हिमपहिरोमा परि ड्युटीमा रहेका प्रहरी बेपत्ता भएको भारतीय सञ्चारमाध्यममले जनाएका छन् । हिमपहिरोमा २० जना पुरिए पनि १० जनाको सुरक्षित रुपमा उद्धार गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । बेपत्ता भएका १० मध्ये ६ जना प्रहरी, दुई जना अग्नि नियन्त्रक र दुई जना सर्वसाधारण रहेका छन् ।

अधिकारीहरुका अनुसार प्रहरीलगायतको उद्धार टोली घटनास्थलमा खटिएको छ । बुधबार बाट नै कश्मीर घाटीमा भारी हिमपात भएको थियो । पछिल्लो २४ घण्टामा कुलगाममा सबैभन्दा बढी हिउँ परेको थियो । कुलगामको केही भागमा पाँच फीटसम्म हिउँ परेको बताइएको छ ।

जम्मू कश्मीरका २२ जिल्लामध्ये १६ जिल्लाका विभिन्न ठाउँमा हिमपहिरो जान सक्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ । बेपत्ताहरू जीवितै फेला पर्ने सम्भावना कम भएको कस्मिर प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु