गृहपृष्ठ मालीमा नरसंहार, हतियारधारीहरुद्वारा १ सय ३४ जनाको हत्या

मालीमा नरसंहार, हतियारधारीहरुद्वारा १ सय ३४ जनाको हत्या

हतियारधारीहरुको समूहले आइतबार मध्येमालीमा आक्रमण गर्दा १३४ जनाको ज्यान गएको छ । परम्परागत शिकारीको पोशाक लगाएका हतियारधारीबाट मारिनेमा महिला र बालबालिका पनि छन् ।

मोप्तीको ओगोस्सागोउमा भएको आक्रमणमा अन्य ५५ जना घाइते भएको संयुक्त राष्ट्र संघले जनाएको छ । फुलानी जातीय समूहलाई जेहादी समूहसँग सम्पर्क रहेको भन्ने आरोप लाग्दै आएकाले आक्रमण भएको हुनसक्ने राष्ट्र संघले जनाएको छ । माली सरकारले नरसंहारमा संलग्न कसैलाई नछाड्ने बताएका छ ।

आइतबार मालीका राष्ट्रपति बोबकरले तथाकथित सेल्फ डिफेन्स समूहलाई भंग गरेको घोषणा गरेका थिए । हुमन राइट्स वाचले गत वर्ष सो समूहले फुलानी जातीय समूहलाई लक्षित गरी आक्रमण गर्ने गरेको कयौ मारिएको जनाएको थियो ।

सोही समूहले आक्रमण गरेको पनि हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित समय ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु