fbpx
Nepal Mediciti

गृहपृष्ठ भारतको मुम्बईमा पुल खस्दा ५ जनाको मृत्यु

भारतको मुम्बईमा पुल खस्दा ५ जनाको मृत्यु

भारतको मुम्बईमा छत्रपति शिवाजी महाराज टर्मिनलको रेलवे स्टेशनको छेउमा रहेको फुटओवर ब्रिज खस्दा पाँच जनाको ज्यान गएको छ । ३४ जना घाइते भएका छन् ।

भत्किएको रेलको हिस्सा रेलवे स्टेशनसँग जोडिएको भएपनि त्यसको निर्माण एक कम्पनीले गरेको हो । मुम्बई प्रहरीका अनुसार निर्माण कम्पनी बीएमसी र भारतीय रेल्वेका कर्मचारीको लापरवाहीले घटना भएको भन्दै दण्डका लागि उजुरी दर्ता भएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले उच्चस्तरीय जाँचको आदेश दिइसकेका छन् ।

मृतकका परिवारलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपियाँ दिने घोषणा गरिएको छ ।

प्रकाशित समय ०९:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु