fbpx
Nepal Mediciti

गृहपृष्ठ न्यूजिल्यान्डको मश्जिदमा गोली चल्यो

न्यूजिल्यान्डको मश्जिदमा गोली चल्यो

न्यूजिल्यान्डको एक चर्चमा गोली चलेको छ । क्राइस्ट चर्च भन्ने स्थानमा रहेको अल नूर नामक मश्जिदमा गोली चलेको हो ।

शुरुमा विद्युतमा खराबी भएका कारण पड्केको ठानिएकोमा पछि केही घाइते भएको भन्दै भागदौड मच्चिएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भवनभित्र केही घाइते भएको समेत बताइएको छ । क्राइस्ट चर्च क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । प्रहरी कमिसनर माइक बुशले भवन खाली गर्ने क्रम जारी रहेको बताएका छन् ।

अधिकारीहरुले क्याथेड्रल स्क्वायर पनि खाली गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी र्यालीमा सहभागी हुन हजारौं बालबालिका सो ठाउँमा पुगेका थिए ।

प्रकाशित समय ०९:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु