fbpx
Nepal Mediciti

गृहपृष्ठ ब्रेग्जिट : प्रधानमन्त्री टरिजा मेलाई फेरि झड्का

ब्रेग्जिट : प्रधानमन्त्री टरिजा मेलाई फेरि झड्का

terija_me

बेलायतको संसदले प्रधानमन्त्री टरिजा मेले पेश गरेको युरोपियन युनियन (ईयू)बाट बाहिरिने सम्झौता दोस्रोपटक अस्वीकार गरिदिएको छ ।

यसअघि जनवरीमा प्रधानमन्त्री टरिजाको यो प्रस्ताव संसदले अस्वीकृत गरेको थियो । यो मतदानमा पहिलेको भन्दा बढी विपक्षमा मत खसेको बीबीसीले जनाएको छ । मस्यौदाको पक्षमा २४२ मत परेको छ भने विपक्षमा ३९१ मत परेको बीबीसीले जनाएको छ । सोमबार रातिमात्र प्रधानमन्त्री मेले युरोपियन युनियनका नेताहरुसँग कुराकानी गरेकी थिइन । मतदानमा जानुअघि उनले आफ्नो संशोधित मस्यौदालाई समर्थन गर्न संसदलाई अपिल गरेकी थिइन् ।

प्रधानमन्त्री मेले २९ मार्चमा बिना सम्झौता युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा संसदमा मतदान गरिने बताएकी छन् । उनले आयरल्याण्डसँगको सीमा व्यवस्थापनको योजना बुधबार घोषणा गर्ने बताइएको छ ।

विपक्षी दल लेबरले भने प्रधानमन्त्री मेको प्रस्ताव पटक–पटक विफल भएकाले अब आमचुनावमा जानुपर्ने बताको छ । लेबरले आमचुनाव घोषणा गर्नसमेत माग गरेको छ ।

प्रकाशित समय ११:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु