fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ धनुषाका युवाले बनाए मोबाइलबाटै विद्युतीय उपकरण नियन्त्रण गर्ने प्रविधि

धनुषाका युवाले बनाए मोबाइलबाटै विद्युतीय उपकरण नियन्त्रण गर्ने प्रविधि

dhanusha-yuba-newskarobar

धनुषाका दुई युवाले मोबाइलबाटै कुनै पनि ठाउँको विद्युतीय उपकरण अफ र अन गर्न सक्ने प्रविधिको विकास गरेका छन् । इन्जिनियरिङ पढिरहेका जनकपुरधाम–४ का दिपक साह र लक्ष्मीनियाँ गाउँपालिका–७ का राहुल पटेलले विद्युतीय उपकरण नियन्त्रण गर्न सकिने एप्सको विकास गरेका हुन् ।

भारतको कुरुक्षेत्र विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत २२ वर्षीय दिपक साह र सोही विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ पहिलो वर्षमा अध्ययनरत २४ वर्षीय राहुल पटेलले यो एप्स बनाएका हुन् ।

फिजिक्सका शिक्षकले विद्यार्थीलाई क्विज बोर्ड नामक प्रोजेक्ट बनाउन क्लासवर्क दिएका थिए । विद्यार्थीहरु क्विज बोर्ड बनाउन सफल पनि भए । सबै विद्यार्थी क्विज बोर्ड बनाउन व्यस्त थिए तर दीपक भने बिना हातको प्रयोगले यी स्विच नियन्त्रण गर्न सम्भव छ कि छैन विषयमा सोचिरहेका थिए । त्यही सोच दीपकका लागि वरदान सावित भयो ।

प्रकाशित समय १०:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु