गृहपृष्ठ प्रकाशमानको प्रश्न : सरकारले गिरिजा र सुशील कोइरालाको योगदान किन भुलेको ?

प्रकाशमानको प्रश्न : सरकारले गिरिजा र सुशील कोइरालाको योगदान किन भुलेको ?

prakashman-newskarobar फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत नराखेसम्म संसदमा अवरोध गरिरहने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘सरकारले पूर्वाग्रही निर्णय गरेको भन्दै उक्त निर्णय फिर्ता नलिएसम्म संसद चल्न दिँदैनौं ।’

उनले कांग्रेसका नेता हुँदैमा अस्पतालहरुलाई पन्छाउन खोज्नु दुखद् भएको उनको भनाइ छ । ‘संविधान जारी गरेका तथा जनतालाई सार्वभौम सत्ता सुम्पिन महत्वपूर्ण भूमिका निभाएका जिपी कोइराला, सुशील कोइरालाको नाम हुँदैमा अस्पताललाई नेग्लेट गर्नु जायज भएन ।’

डा. गोविन्द केसीसँग गरेका सम्झौता उल्लंघन गरेकाले नेता र सरकारको विश्वसनीयतामाथि नै ठूलो प्रश्न चिन्ह खडा भएको उनले बताए ।

प्रतिनिधिसभाको मंगलबार बसेको दोस्रो बैठकमा कारबाही प्रक्रिया अघि बढेको जानकारी सभामुख कृष्णबहादुर महराले जानकारी गराएलगत्तै कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि महराले सिंहलाई बोल्न सभामुखले अनुमति दिएका थिए ।

जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत राख्न र चिकित्सा शिक्षा विधेयक अबिलम्ब संशोधन गर्न माग गर्दै कांग्रेस सांसदहरुले पहिलो बैठकमा नाराबाजी गरेका थिए । यसअघि कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने निर्णय गरेको छ । कांग्रेसले सोमबारको संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गरेको थियो ।

जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत राख्न र चिकित्सा शिक्षा विधेयक अबिलम्ब संशोधन गर्न कांग्रेसले माग गर्दै आएको छ ।

प्रकाशित समय १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु