fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ गायिका भावनाको ‘मूलको पानी’ सार्वजनिक

गायिका भावनाको ‘मूलको पानी’ सार्वजनिक

mulko-paani-newskarobar

गायिका भावना आचार्यको ‘मूलको पानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पहिलो सिजनको नेपाल आइडलको सेकेन्ड रनरअप गायक प्रताप दासले समेत सो गीतमा स्वर दिएका छन् । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीत लोकशैलीको छ ।

यो भिडियोमा मोडल पल शाहलाई देख्न सकिन्छ । पल शाहलाई मोडल निशा पुरीले साथ दिएकी छन् । भिडियोमा देवेन्द्र पाण्डेको निर्देशन छ । कोरियोग्राफी पनि उनकै छ । नेपाली फिल्ममा पनि अभिनय गरिरहेका पलले आधुनिक र लोकलयका गीतको म्युजिक भिडियोमा पनि काम गरिरहेका छन् । प्रताप र भावनाको स्वरले दर्शकलाई बाँधेको छ । गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया पाएकी गायिका भावना यो गीतलाई लिएर निकै उत्साहित देखिएकी छन् ।

प्रकाशित समय १९:१७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु