fbpx
Nepal Mediciti

गृहपृष्ठ शनिबार पोखरामा हुने लोक स्टारको अडिसनमा ११ जिल्लाका २ सयको सहभागीता रहने

शनिबार पोखरामा हुने लोक स्टारको अडिसनमा ११ जिल्लाका २ सयको सहभागीता रहने

गण्डकी प्रदेशको राजधानि पोखरामा शनिबार चैत्र २ गते नेपाल लोक स्टारको अडिसन हुने भएको छ । चाहाना मिडियाको आयोजनामा नेपालमै ठूलो धनराषिको दावी गरिएको नेपाल लोक स्टार गण्डकी प्रदेशको अडिसन शनिबार पोखराको जनप्रिय माविमा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए ।

नेपाली लोक संगीतको उत्थान गर्दै नयाँ प्रतिभाको खोजि अभियानमा आफुहरुले सर्वाधिक धनराषिको उक्त स्टार आयोजना गर्न लागेको परिकल्पनाकार तथा कार्यक्रम संयोजक माव थापाले बताए । उनका अनुसार हालसम्म देशका विभन्नि ३ ठाँउमा अडिसन भएसँगै पोखरामा गण्डकी प्रदेशलाई समेट्ने गरी अडिसन हुने भएको हो । कास्की सहित गण्डकी प्रदेशका ११ जिल्लाबाट करिब २ सय जना अडिसनमा सहभागि हुने संयोजक थापाले बताए ।

विभिन्न चरणमा प्रतिस्पर्धा गराँउदै सञ्चालन गरीने उक्त प्रतियोगिताको विजेतालाई ५० लाख रुपैयाँ पुरस्कार रहेको  कार्यक्रमका निर्देशक सुरेश पौडेलले बताए । प्रतियोगिताको उप-विजेतालाई २५ लाख र तेश्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने निर्देशक पौडेलले जनाए ।

कार्यक्रमलाई सफल पार्न सक्दो आलोचना गर्न उनले आग्रह गरे । प्रतियोगिताको फाईनल चरण असोज १५ गते हुने भएको छ । उक्त कार्यक्रमलाई सफल पार्न जगदम्बा र एनसेलले प्रायोजन गर्ने आयोजकले बताएको छ ।

नेपाल लोक स्टारको प्रमुख निर्णायकमा जयनन्द लामा रहनेछन् । त्यसै गरी अन्य निर्णायकमा बी.बी. अनुरागी, सुनिता दुलाल र राम्जी खाँड छन् । कार्यक्रम नेपाल टेलिभिजन र ए.पि.वान. टेलिभिजनबाट प्रशारण हुनेछ ।

प्रकाशित समय १९:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु