गृहपृष्ठ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

देशभर आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ जिल्लाका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

कर्मचारी समायोजनले स्वास्थ्यकर्मी कार्यक्रमबाबारे अन्यौलमा परेका थिए । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यक्रम प्रभावित नहुने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यक्रम सहजीकरणका लागि सबै स्थानीय तहलाई सूचित गरिदिन चैत १३ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो ।

कार्यक्रम सफलतापूर्वक संचालनका लागि सहजीक।ण गर्न सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निदेशन दिएको छ ।

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु