fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ नेपाल मेडिसिटीको बिरामी सुरक्षा विषयक कार्यक्रम

नेपाल मेडिसिटीको बिरामी सुरक्षा विषयक कार्यक्रम

nepal-mediciti-newskarobar

नेपाल मेडिसिटी अस्पतालले फार्माकोभिजिलेएन्स तथा बिरामी सुरक्षा विषयक कार्यक्रम आयोजना गरेको छ । भैरहवाको युनिभर्सल मेडिकल कलेजका प्रा. डा. आरएम पिर्यानी तथा कतारको कतार विश्वविद्यालयका प्रा. डा. इज्हामबिन मोहम्मदको मुख्य उपस्थिति रहेको कार्यक्रममा देशभरका करिब ७० फार्मेसी क्षेत्र एवं यससँग सम्बन्धित क्षेत्रका व्यक्तिहरुको सहभागिता थिए । कार्यक्रममा काठमाडौंमात्र नभई देशका विभिन्न स्थानका फार्मेसीस्टहरु ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, सिभिक, सिभिल, नेपाल क्यान्सर अस्पताल, पाटन अस्पताललगायतका प्रतिनिधिको पनि उपस्थिति थियो ।

प्रा. डा. आरएम पिर्यानीले मेडिकल त्रुटि हुने भए पनि तर त्यसको न्यूनीकरण अत्यावश्यक रहेको बताए । ‘मेडिकल त्रुटिको अध्ययन गरी सही ढंगले निराकरण गर्न जरुरी छ,’ उनले भने । त्यस्तै, बिरामीहरुको सुरक्षा र आफ्नो स्थानीय तहसँग अन्तर्राष्ट्रिय स्तरलाई जोड्ने प्रेरणादायी सन्देश कतार विश्वविद्यालयका प्रा. डा. इब्राइमले दिए ।

अस्पतालका तर्फबाट सन्तोष थापाले फार्मेसी क्षेत्रको भूमिका दर्शाउँदै यो क्षेत्रको विकासको चर्चा गरे । नेपाल मेडिसिटी अस्पतालले बिरामीको सुरक्षामा प्रदान गरिरहेको सुविधामा फार्मेसीको भूमिकाबारे पनि उनले जानकारी गराए ।

प्रकाशित समय २०:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु