fbpx
Nepal Mediciti

गृहपृष्ठ बुलबुल तालमा डुंगा सरर

बुलबुल तालमा डुंगा सरर

bulbul_surkhet

कर्णाली प्रदेशको राजधानी सुर्खेत भन्ने वित्तीकै बुलबुल ताल सबैले सम्झन्छन् । कर्णालीको राजधानी सुर्खेत वीरेन्द्रनगरको मुटुमा रहेको यो ताल कुनै खोला नभई जमिन मुनीबाट बुलबुल गर्दै आएको पानीको ताल हो । जुन ताल नेपालभर नै चर्चित छ । यो ताललाई स्थानीय पर्यटकहरुले समेत घुम्न जाने मुख्य गन्तव्य बनाउँदै आएका छन् ।

विद्यालय तथा अन्य क्षेत्रबाट पिकनिक खान जाने र प्रेम जोडीहरुले मनका कुरा साटासाट गर्ने स्थानको रुपमा समेत बुलबुले पार्क चिनीँदै आएको छ । बालबालिकाहरुका लागि प्रशस्त खेल मैदान समेत भएकोले बुलबुले घुम्न जानेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

यस्तो मनोरम स्थान बुलबुल तालमा डुङ्गा समेत चढ्न पाउने भएपछि पर्यटकहरुमा झनै आकर्षण बढेको छ । भेरी कर्णाली र्याफ्टिङ एडभेन्चरबाट गत चैत्र देखि बुलबुले तालमा डुङगा सञ्चालनमा ल्याइएको हो । हाल दुईवटा डुङ्गा सञ्चालनमा ल्याइए पनि आगामी दिनमा पर्यटकको चाप सँगै त्यसलाई बृद्धि गरिने भेरी कर्णाली र्याफ्टिङ एडभेन्चरका सञ्चालक समुन्द्र गौतमले बताए ।

उनले भने, ‘बुलबुलेमा पर्यटकहरुको चाप बढ्दो क्रममा छ । दिनमा सरदर ५० जना जती पर्यटकहरुले डुंगा सयर गर्छन् र सार्वजनिक विदाको दिनमा भने यसमा दोब्बर पर्यटकहरुले डुंगा सयर गर्छन् ।’

आगामी दिनमा पर्यटकहरुको चापलाई हेरेर थप डुंगा सञ्चालनमा ल्याइने छ । एकजना पर्यटकले डुंगा सयर गरेबापत् ५० रुपैयाँ तिर्ने गरेको गौतमले बताए ।

प्रकाशित समय १९:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु