fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ थाइल्याण्ड घुम्न चाहाने नेपालीलाई गज्जबको मौका

थाइल्याण्ड घुम्न चाहाने नेपालीलाई गज्जबको मौका

के तपाईं थाइल्याण्ड घुम्न जाने योजनामा हुनुहुन्छ ? यसो हो भने तपाईंलाई सस्तो दरमा थाइल्याण्ड घुम्ने अवसर नेपाल वायुसेवा निगमले जुराइदिने भएको छ । निगमले मार्च महिनासम्मका लागि विशेष प्याकेजको घोषणा गरेको छ ।

थाइल्याण्ड घुम्न जाने नेपालीलाई लक्षित गरी निगमले काठमाडौं–बैंकक दुईतर्फी गरी २६ हजारमै थाइल्याण्ड घुमाइदिने भएको हो । त्यतिमात्रै होइन, पाँचजनाको ग्रुपमा जाँदै हुनुहुन्छ भने तपाईंलाई थप सस्तो पर्छ । पाँच वटा टिकट किन्नेलाई एउटा सित्तै टिकट दिने निगमले जनाएको छ ।

निगमका सहायक प्रवक्ता नवराज कोइरालाका अनुसार सीमिति समयका लागि यो अफर ल्याइएको हो । निगमले सोमबार, वुधबार र शुक्रबार उडान भर्दै आएको छ ।

प्रकाशित समय ०९:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु