fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ गण्डकी प्रदेशमा २ सय २३ होमस्टे दर्ता, सबै भन्दा बढी स्याङ्जामा

गण्डकी प्रदेशमा २ सय २३ होमस्टे दर्ता, सबै भन्दा बढी स्याङ्जामा

गण्डकी प्रदेशमा २ सय २३ वटा भन्दाबढी होमस्टे दर्ता भएका छन् । प्रदेश सरकारले होमस्टे प्रवर्द्धन गर्न पूंजिगत अनुदान दिने भएपछि दर्ताको लहर चलेको हो ।

प्रदेशमा हाल २ सय २३ वटा होमस्टे दर्ता भएको गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा धेरै स्याङ्जामा ४३ र मनाङमा सबैभन्दा कम २ होमस्टेले पूंजिगत अनुदान पाउने आशामा मन्त्रालयमा आवेदन दिएको मन्त्रालयका शाखा अधिकृत राजेन्द्र प्याकुरेलले बताए ।

उनका अनुसार हाल म्याग्दीमा ९, गोर्खामा १४, तनहुँमा ४०, कास्कीमा २२, लमजुङमा २०, मुस्ताङमा ३, बागलुङमा १९, नवलपुर (पूर्व)मा ९ र पर्वतमा ४२ वटा होमस्टे रहेका छन् । ती होमस्टेले मन्त्रालयबाट पूंजिगत अनुदान पाउने आशामा निवेदन दिएका छन् । मन्त्रालयले कम्तिमा ३ सय वटा होमस्टेलाई नमुना होमस्टेको रुपमा विकास गर्दै पुंजिगत अनुदान दिनको लागि ३० करोड बजेट विनियोजन गरेको छ । मन्त्रालयले प्रति होमस्टेलाई पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले ५ लाख देखि १५ लाखसम्म पूंजिगत अनुदान दिने तयारी गरेको छ ।

गण्डकी प्रदेश सरकारले यस वर्षमा ३ सय वटा होमस्टे बनाउने लक्ष्यका साथ पूंजिमा समेत अनुदान दिने भएपछि प्रदेशमा पर्यटन प्रवर्द्धन गर्न घर–गाँउमा धमाधम होमस्टे दर्ता गर्न थालिएको छ ।

प्रकाशित समय ०८:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु