fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ कर्णाली पर्यटन मन्त्रालयको जम्मा १६ प्रतिशत खर्च

कर्णाली पर्यटन मन्त्रालयको जम्मा १६ प्रतिशत खर्च

karnali-paryatan-ministry-newskarobar

कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले १६ प्रतिशत बजेट खर्च भएको छ । चालू आर्थिक वर्षको ८ महिनाम विभिन्न कार्यक्रममार्फत मन्त्रालयले पाएको कुल बजेटको १६.७५ प्रतिशत बजेट खर्चिएको हो ।

एक अर्ब ६८ करोड २७ लाख एक हजार रुपैयाँ बजेट पाएको मन्त्रालयले हालसम्म चालू र पुँजीगततर्फ गरी जम्मा २८ करोड १८ लाख २७ हजार पाँच सय ५४ रुपैयाँ खर्च गरेको छ । मन्त्रालयले चालूतर्फ २१ करोड ३८ लाख ७७ हजार ९ सय १९ रुपैयाँ र पुँजीगततर्फ ६ करोड ७९ लाख ४९ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको छ । मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानका अनुसार पर्यटन प्रवर्धन, वातावरण संरक्षण, उद्योग प्रवर्धनलगायत मन्त्रालयको कार्यक्षेत्रमा रहेर काम गरिएको छ ।

दुई चौमासिकमा मन्त्रालयले पहिरो नियन्त्रण, तटबन्ध निर्माण र पानीका स्रोत संरक्षणका लागि ३४ भन्दा बढी स्थानमा सञ्चालनको काम अघि बढाएको छ । वन पैदावार प्रवर्धन तथा व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा आएको छ । हाई टेक नर्सरीको कार्यक्रम सबै जिल्लामा स्थान रोज्ने कार्य भएको छ भने आवश्यक कार्यविधिसमेत मन्त्रालयले तयार पारेको उनले बताए । दैलेखमा गुराँस संरक्षण विशेष कार्यक्रम लागू गरिएको छ भने १० वटै जिल्लामा नर्सरी निर्माण तथा बिरुवा उत्पादनका कार्य सुरु भएका छन् ।

मन्त्रालयले वन क्षेत्रबाट मात्रै करिब ९ करोड राजस्व प्राप्त गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्न सेवाप्रदायक संस्था छनौट गरिएको छ । यसबीचमा ४२ हजार ४ सय २९ वटा साना र ठूला उद्योग नवीकरण तथा दर्ता भएका छन् भने २ करोड राजस्व प्राप्त भएको छ । कर्णाली रारा पर्यटन वर्षकै कारण राष्ट्रिय मानकमा पर्यटक वृद्धिदर २४.८ प्रतिशत छ भने कर्णालीको पर्यटक वृद्धिदर भने ३४.२ रहेको सचिव प्रधानले जानकारी दिए ।

कर्णाली रारा पर्यटन वर्ष समग्रमा उत्साहप्रदक चित्रण भएको दाबी मन्त्रालयले गरेको छ । मन्त्रालयले तेस्रो चौमासिकमा बजेट कार्यान्वयन सतप्रतिशत पुर्याउन आवश्यक कानुन निर्माणमा तीव्रता दिएको छ । उपभोक्ता परिचालन कार्यविधि, होमस्टे सञ्चालन कार्यविधि, हाइटेक नर्सरी सञ्चालन कार्यविधि, दुर्गम जिल्लाका लागि हवाई यातायातमा सुविधासम्बन्धी कार्यविधि, कार्यक्रम सञ्चालन कार्यविधि, दलित तथा लक्षित वर्गका लागि उद्यमशीलता विकास कार्यविधि, ढुंगा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ र बिक्री–वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि निर्माण सुरु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:०९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु