fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ काठमाडौं उत्रनु पर्ने ओमन एयर लखनउमा

काठमाडौं उत्रनु पर्ने ओमन एयर लखनउमा

Oman Air_NewsKarobar

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उत्रनका लागि ठिक्क परेको ओमन एयरको विमानमा प्राविधिक समस्या आएपछि भारतको लखनउ एयरपोर्टमा उतारिएको छ । 

त्रिभुवन विमानस्थलमा २ बजे अवतरण गर्नुपर्ने उक्त विमान झण्डै ४५ मिनेट होल्ड पश्चात् डाइभर्ट गरेर लखनउ विमानस्थलमा सकुशल अवतरण गरेको हो । विमानमा १३७ यात्रु र चालक दलका ६ सदस्य थिए । 

मस्कटबाट काठमाडौंका लागि उडेको उक्त विमानमा प्राविधिक समस्या देखिएपछि उतारिएको टाइम्स अफ मस्कटले जनाएको छ । “ओमन एयर मस्कट इन्टरनेसनल एयरपोर्ट, रोयल आमेन पुलिस र ओमन एयरपोर्ट व्यवस्थापन कम्प्नीलाई उनीहरुको सहयोग र व्यवसायिक सहयोगका लागि धन्यवाद दिन चाहन्छ,” ओमन एयरले भनेको छ ।

प्रकाशित समय १६:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु