fbpx
Nepal Mediciti

गृहपृष्ठ भ्रमण वर्ष २०२० सफल पार्न पूर्वाधार आवश्यक : मन्त्री ज्ञवाली

भ्रमण वर्ष २०२० सफल पार्न पूर्वाधार आवश्यक : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् ।

ट्राभल हिमालय म्यागेजिनको २० औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले २० लाख पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माण तीब्र पार्नुपर्नेमा जोड दिए । सरकारले आगमी चैतमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन दातृ निकायबीच छलफल गरिने मन्त्री ज्ञवालीको भनाइ थियो ।

कार्यक्रममा पर्यटन क्षेत्रमा आवद्ध सरोकारवालाहरुले भ्रमण वर्ष २०२० सफल बनाउन ठूला पूर्वाधार योजनाका साथै साना तथा अत्यावश्यक विषयसमेत प्राथमिकतामा राखिनुपर्ने बताए ।

प्रकाशित समय ११:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु