fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ ग्रीन लाइफ हाईड्रोले ल्यायो १८ लाख कित्ता आइपिओ

ग्रीन लाइफ हाईड्रोले ल्यायो १८ लाख कित्ता आइपिओ

ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले १८ करोड रूपैयाँ मूल्य बराबरको १८ लाख कित्ता साधारण सेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले मंगलबार प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण सेयर बिक्री गर्नेछ । पहिलो चरणमा सेयर बिक्री नभएमा आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको छ ।

दोलखामा आयोजनास्थल रहेको सो आयोजनाको शेयरमा न्यूनतम २० कित्ता र अधिकतम नौ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीले दोलखामा ४० मेगावाट क्षमता खानीखोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन शुरु हुनेछ । केयर रेटिङ नेपालले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको अवस्था औसत रहेको भन्दै ग्रेड चार दिएको छ ।

प्रकाशित समय १४:३३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु