fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ भैरहवाका लगानीकर्तालाई राहत, खुल्यो ब्रोकर कार्यालय

भैरहवाका लगानीकर्तालाई राहत, खुल्यो ब्रोकर कार्यालय

सेयर खरिद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय खुलेको छ । कार्यालय स्थापनासँगै रुपन्देहीमा सेयर खरिद तथा बिक्री गर्ने कार्यालयको संख्या ६ पुगेको छ ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथ, भैरहवामा भिजन सेक्युरिटिज प्राली (३४) नं को शाखा खुलेपछि सेयर खरिद तथा बिक्री गर्न लगानीकर्ता भैरहवाबाट बुटवल पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ‘केही लगानीकर्ता आइरहनुभएको छ,’ भिजन सेक्युरिटिज प्रालि (३४) नं ब्रोकर कार्यालय, भैरहवाका सुदीप रिमालले भने । भैरहवामा सेयर खरिद तथा बिक्री कार्यालय नहुँदा लगानीकर्ता बुटवल पुग्नुपर्ने बाध्यता थियो । बुटवलमा एशियन सेक्युरिटिज, दक्षिणकाली सेक्युरिटिज, आर्यनतारा इन्भेष्ट कम्पनीलगायत पाँच ब्रोकर कार्यालय छन् । यी ब्रोकर कार्यालयबाट दैनिक एक करोड रुपैयाँको हाराहारीमा सेयर कारोबार हुँदै आएको छ । पछिल्लो समय व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, शिक्षक लगायतले सेयरमा लगानी गर्न थालेका छन् ।

प्रकाशित समय १३:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु