fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ नाफा बुक गर्नेहरु बढी भएपछि सेयर बजारमा दबाब

नाफा बुक गर्नेहरु बढी भएपछि सेयर बजारमा दबाब

७३ करोड ५१ लाख रुपैयाँभन्दा बढीकाे कारोबार

मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । केही दिनयता लगातार सुधारिएको नेप्से सूचक मंगलबार १०.५८ अंकले बढेर ११८१.१० विन्दुमा कायम भएको छ । समग्रमा बजार ०.८९५ ले ओरालो लागेको हो । मंगलबार १० वटा समूहको सेयर कारोबार भएकामा सबै समूहका सूचक तल झरेका छन् । यद्यपि,  १७० कम्पनीको ७३ करोड ५१ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । २७ लाख ८८ हजार ८८६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

सबैभन्दा बढी निर्जीवन बिमा समूहको सूचक ८६.५७ अंकले घटेको छ भने वाणिज्य बैंकहरुको सेयर ९.३६ अंकले तल झरेको छ । कारोबार रकममा नेको इन्सुरेन्सले अग्रता लिएको छ । नेकोको ६ करोड ४१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंकको संस्थापक सेयर र एनआइसी एसिया बैंक परेका छन् । एनसिसी बैंकको सेयरमा पनि लगानीकर्ताको सहभागिता बढेको छ । मंगलबारको कारोबारमा एनसिसी बैंकको मात्रै ८७ हजार कित्ता सेयर आपुर्तितर्फ छ भने मागतर्फ ९३ हजार कित्ता छ ।

केही दिनयता लगातार बढेको बजारबाट नाफा बुक गर्न खोज्नेको संख्या बढी भएपछि बजार घटेको विश्लेषकहरु बताउँछन् ।

 

 

प्रकाशित समय १६:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु