fbpx
Nepal Mediciti

गृहपृष्ठ बुद्ध एयरको २४ हजारमै काठमाडौं–कोलकाता उडान

बुद्ध एयरको २४ हजारमै काठमाडौं–कोलकाता उडान

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोस्रो उडान भारतको कोलकाताबाट गर्ने भएको छ ।

पश्चिमबंगालको राजधानी कोलकाता उडानका लागि बुद्ध एयरले आफ्नो आधिकारिक कार्यालय पनि खोलिसकेको जनाएको छ । नयाँ वर्ष २०७६ को आगमनसँगै वैशाख २ बाट कोलकाता उडान भर्ने बुद्ध एयरको योजना छ । कोलकाता–काठमाडौं सिधा हवाइ सेवा सञ्चालन गर्ने बुध्द एयर एकमात्र नेपाली विमान कम्पनी हो ।

शुरुमा हप्ताको तीनदिन सोमबार, बुधबार र शुक्रबार उडान सञ्चालन हुने बताइएको छ । कोलकाता उडान एटीआर ७२ विमानले गर्नेछ । बुद्धले विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरेको जनाएको छ ।

बुध्द एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसीमा साताको सोमबार र शुक्रबार गरि २ उडान भरिरहेको छ ।

प्रकाशित समय ०९:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु