fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ धनुषा र महोत्तरी जोड्ने बडहरी खोलामा पुल शिलान्यास

धनुषा र महोत्तरी जोड्ने बडहरी खोलामा पुल शिलान्यास

raghubir-mahasheth-newskarobar

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले धनुषा र महोत्तरी जिल्ला जोड्ने बडहरी खोलामा पक्की पुल शिलान्यास गरेका छन् । धनुषाको बटेश्वर गाउँपालिका–२ र महोत्तरीको बर्दिवास नगरपालिकाको प्रेमनगरलाई जोड्न बडहरी खोलामा २२५ मिटर लामो पुलको बिहीबार शिलान्यास भएको हो ।

पक्की पुलको शिलान्यास भएपछि सो क्षेत्रका दर्जनौं गाउँका लाखौं जनता खुसी भएका छन् । सो क्षेत्रमा पक्की पुलको वर्षौंदेखि स्थानीय जनताले माग गर्दै आए पनि बल्ल पुल बन्ने सपना साकार भएको बटेश्वर–१ का शिक्षक रामवृक्ष महतोले बताए

पुल शिलान्यास गर्दै मन्त्री महासेठले कम्युनिस्टको सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा पानीजहाजको केन्द्रीय कार्यालय उद्घाटन गर्ने बताएका छन् । सरकारले जनताको भावना र चुनावका बेलामा गरेको वाचाअनुसारकै काम गरिरहेको पनि दाबी गरे ।

उनले भने, ‘पूर्वपश्चिम, उत्तरदक्षिण रेलमार्ग, विद्युतीय रेल, काठमाडौं–केरुङ रेलमार्ग निर्माणलगायतका कामलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।’ मन्त्री महासेठले विकासको सवालमा राजनीति नगरी सहकार्य गर्न प्रतिपक्षीलाई आग्रह गरे ।

चुनावका बेलामा मात्र राजनीति गर्न सुझाउँदै मन्त्री महासेठले अहिले सरकारको विकास प्रयासमा सघाउनुपर्ने बताए । बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतको अध्यक्षतामा आयोजित पुल शिलान्यास कार्यक्रममा हजारौं स्थानीय बासिन्दाको सहभागिता थियो ।

प्रकाशित समय १८:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु