fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ चिनीका पाकमा यसरी फँसे प्रधानमन्त्री ओली

चिनीका पाकमा यसरी फँसे प्रधानमन्त्री ओली

विश्वभरि मूल्य घट्दा नेपालमा भयो महँगो

Sugar trap_NewsKarobar

हालैमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चिनी उद्योगीहरूले झुक्याएको बताए । ‘अर्को साल पनि हामी चिनी किन्न नसक्ने भयौं । यति धेरै चिनी पाकिस्तानबाट आयो कि अर्को वर्षका लागि स्टक रहने भयो । चिनी आयात रोकिदिनुपर्‍यो भनियो’, नेपाल उद्योग परिसंघको साधारण सभामा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘होला भनेर रोकिदिएको भोलिपल्टदेखि बजारमा चिनी छैन ।’, ‘सस्तो भएर धेरै आयात भयो, अर्को वर्ष पनि बेचिसक्दैनौं भनियो । दशैंको बेला थियो, होला भनेर रोकिदिएपछि ८५ रुपैयाँ पुग्यो । ६३ मा बिकेन, ५३-५४ मा बेच्न बाध्य भयौं भनियो, ८५ रुपैयाँमा बेचियो, त्यही पनि पाइएन, १०५ सम्म पुग्यो ।’

तर, ओली नेतृत्वकाे सरकार भदौमा नभइ गत वर्षदेखि नै चिनी व्यापारीको पासोमा फँसेको प्रमाण न्युज कारोबारले पाएको छ । शेरबहादुर देउवाका सरकार भरैभोलि भएका बेला गराइएको निर्णय ओली सरकार बनेलगत्तै कार्यान्वयन गराएर चिनी व्यापारीहरूले चलखेल गराएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घटेकोले चिनीको आयात बढ्दै गएको र देशभित्रका चिनी उद्योगको संरक्षण गर्न चिनीको पैठारी महसुल बढाउन २०७४ पुस ११ गते उद्योग व्यवसायी र अर्थ मन्त्रालयबीच सहमति भएको पाइएको छ । सहमति भएको विषयमा तत्काल औपचारिक निर्णय नगरी ओली नेतृत्वको सरकार गठन भइसकेपछि २०७५ वैशाख ४ गतेमात्र चिनीको भन्सार महसुल १५ प्रतिशतबाट ३० प्रतिशत वृद्धि गरियो ।

यसबीचमा चिनीको आयात अत्यधिक रुपमा बढ्यो, जसले गर्दा यो वर्ष २ लाख ३४ हजार मेट्रिक टन चिनी आयात भएकै हो, जुन गत वर्ष ७१ हजार मेट्रिक टनमात्र थियो, गत वर्षभन्दा ३.३ गुणा बढी चिनी आयात भएकै हो ।

देशमा वार्षिक करिब २ लाख ३० हजार मेट्रिकटन चिनीको खपत रहेकोमा करिब १ लाख ७५ हजार मेट्रिकटन स्वदेशमा उत्पादन हुने गरेको छ । चार महिनाका बीचमा मात्र रु.३ अर्ब ५७ करोड ८० लाख मूल्यको ७९ हजार ४४ मेट्रिकटन चिनी आयात भएको हो । त्यसमध्ये ठूलो परिणामको चिनी व्यापारीहरूले दशैं–तिहारका बेला लुकाएर कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेका हुन् ।

पैठारीकर्ताले प्रति किलो रु.४० देखि रु.५१ मा भन्सार महसुल र मूल्य अभिवृद्धि कर समावेश गर्दा समेत आयातीत चिनीको लागत प्रतिके.जी. रु.५२ देखि रु.५६ सम्म पर्छ भने सरकारले चिनीको खुद्रा मूल्य प्रतिकिलो रु.६५ देखि रु.७० सम्म निर्धारण गरेको छ । विश्व बजारमा चिनीको मूल्य लगातार घटदै गइरहे पनि नेपालका चिनी उद्योगीहरू यहाँ मूल्य बढाएर प्रतिकिलो ७३ रुपैयाँ पु¥याउन लबिङ गरिरहेका छन् ।

स्वदेशी उद्योगलाई संरक्षण गर्न भन्दै सरकारले २०७५ भदौ ३१ गतेदेखि चिनी आयातमा परिमाणात्मक बन्देज लगायो, त्यसकै फाइदा उठाउँदै पुसदेखि वैशाखका बीचमा आयात गरेर भन्डारणमा राखेको चिनी नै ८५ देखि १०५ रुपैयाँसम्म बिक्री भयो । अहिले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य २५ प्रतिशतभन्दा अधिकले गिरावट आइसकेको छ । अन्तर्राष्ट्रिय बजारमा ब्राजिलले अत्याधिक चिनी उत्पादन गरेको कारण त्यसले अझ चिनीको मूल्यमा गिरावट आउने सम्भावना छ, तर नेपालमा चिनी उद्योगीहरूको सिन्डिकेटका कारण मूल्य अझै घटेको छैन ।

चिनीको मूल्य घटाउन सरकारले आयात फुकुवादेखि बजार हस्तक्षेप गर्नुपर्ने खाँँचो छ । सरकारले चिनीको मूल्यमा स्थिरता कायम गर्न साल्ट ट्रेडिङ लिमिटेडलाई चिनी आयात गर्न भन्सार महसुल छुट दिएको छ । गत आर्थिक वर्षमा साल्ट ट्रेडिङले ३७ हजार ५०८ मेट्रिकटन चिनी आयात गर्दा गरेको थियो । तर, उक्त सरकारी संस्थानले पनि आयातमा प्रतिकिलो ६९ रुपैयाँ परेको भन्दै बजारमा मूल्य घटाएको छैन, जबकी निजी आयातकर्जा प्रतिकिलो ४० देखि ५१ सम्ममा चिनी आयात गरेका थिए भने ३० प्रतिशत भन्सार महसुल तिरेर आयात गरेका थिए । निजी क्षेत्रभन्दा साल्ट ट्रेडिङले सुरुमै कसरी प्रतिकिलो २० रुपैयाँ बढी तिरेर आयात गर्यो? रहस्यमय भएको छ ।

प्रकाशित समय १६:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु