fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सौलियत कर्जा प्रवाह गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा हस्ताक्षर गरेर एभरेष्ट बैंकले माइक्रो, साना तथा मझौला उद्योगका लागि दिगो आर्थिक स्थिरता र आर्थिक वृिद्घको कदम अघि बढाएको हो । सो सम्भौतापछि बैंकमा व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसायिक शिक्षा कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा र भूकम्प पीडितका लागि आवास कर्जाका लागि बाटो खुला भएको छ ।

एभरेष्ट बैंकका तर्फबाट एजीएम केशब राज पौडेल र निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट कार्यकारी साहयक सीइओ उषा पौडेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित समय ०८:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु