गृहपृष्ठ कृषि विकास बैंकको नयाँ शाखा ओखलढुंगाको चम्पादेवीमा

कृषि विकास बैंकको नयाँ शाखा ओखलढुंगाको चम्पादेवीमा

krishi-bikash-bank-okhaldunga-newskarobar

कृषि विकास बैंकले ओखलढुंगाको चम्पादेवीमा शाखा खोलेको छ । नयाँ शाखाको सांसद यज्ञराज सुनुवार र कृषि विकास बैंकका उपमहाप्रबन्धक पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रमका सांसद सुनुवारले विकासको मुख्य माध्यम कृषि विकास बैंकजस्तै सरकारी संस्थाहरु भएको बताए । त्यस्तै, कृषि विकास बैंक क्षेत्रीय कार्यालय राजविराजका निर्देशक चेतनाथ सापकोटाले बैंकले चम्पादेवीबासीलाई उपलब्ध गराउन सक्ने बैंकिङ सेवाबारे जानकारी गराएका थिए । बैंकले वित्तीय कारोबारका साथै सामाजिक सामुदायिक कार्यक्रम सञ्चालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान दिन सबै नेपालीको घर आँगनको बैंकको रुपमा कार्य गरेको उनले स्पष्ट पारे ।

प्रकाशित समय ०८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु