fbpx
Nepal Mediciti

गृहपृष्ठ एनआईसी एशिया बैंकका ५ नयाँ शाखा एकै पटक

एनआईसी एशिया बैंकका ५ नयाँ शाखा एकै पटक

एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र र बाराको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालय एकै पटक सञ्चालनमा ल्याएको छ । नयाँ शाखा कार्यालयहरु मध्यपुर थिमी नगरपालिका वडा ६ भक्तपुर स्थित पुरानो थिमी शाखाको सोहि वडाका अध्यक्ष ईन्द्रबहादुर प्रजापतिले उद्घाटन गरे । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका गोठाटारस्थित शाखाको मेयर कृष्णहरि थापा, सूर्यविनायक नगरपालिका वडा २ बालकोट शाखाको सोहि वडाका वडाध्यक्ष कमलनाथ आचार्य, चद्रांगिरी नगरपालिका वडा ११ सतुंगलचोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गरे । त्यस्तै बाराको फेटा गाउँपालिका वडा . ३ स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरे ।
एनआइसी एशियाका मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ्ग ईकाई छन् । एनआइसीले आफूलाई बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भनेको छ ।

प्रकाशित समय १८:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु