fbpx
Nepal Mediciti

गृहपृष्ठ लक्ष्मी, मेगा र कुमारी बैंकलाई राष्ट्र बैंकको कारबाही

लक्ष्मी, मेगा र कुमारी बैंकलाई राष्ट्र बैंकको कारबाही

Bank Action_NewsKarobar

प्रमुख तीन ठूला बैंकहरू पर्याप्त नगद मौज्दात नराख्दा कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा तोकिएको अनिवार्य नगद मौज्दात (सीआरआर) नराखेका कारण लक्ष्मी बैंक, मेगा बैंक नेपाल र कुमारी बैंक लिमिटेड कारबाहीमा परेका हुन् ।
तोकिएको सीआरआर नपु¥याएका कारण राष्ट्र बैंकले यी तीनै वटा बैंकहरूलाई जरिवानासमेत ठोेकेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार लक्ष्मी बैंकलाई ५ लाख ४० हजार २४४ रुपैयाँ, मेगा बैंकलाई २ लाख २६ हजार ९७८ रुपैयाँ र कुमारी बैंकलाई ४ लाख ४९ हजार ४९२ रुपैयाँ जरिवाना तोकिएको हो ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने विद्यमान अनिवार्य नगद अनुपात वाणिज्य बैंकका लागि ६ प्रतिशत, विकास बैंकका लागि ५ प्रतिशत र वित्त कम्पनीका लागि ४ प्रतिशत थियो ।

प्रकाशित समय १४:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु