गृहपृष्ठ नयाँ वर्षमा मुक्तिनाथ विकास बैंकका तीन आकर्षक योजना

नयाँ वर्षमा मुक्तिनाथ विकास बैंकका तीन आकर्षक योजना

muktinath-bank-newskarobar

मुक्तिनाथ विकास बैंकले नयाँ वर्ष २०७६ को अवसरमा वैशाख १ देखि लागू हुने गरी तीन नयाँ आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा सुविधा थप गरेको छ ।

भिसा डेबिट कार्डअन्तर्गत बैंकले आफ्ना शाखाबाट इन्ट्यान्ट भिसा डेबिट कार्ड सेवा सुविधा सुरु गरेको छ । यो सुविधाअन्तर्गत ग्राहकले भिसा डेबिट कार्डको निवेदन फाराम बुझाएकै दिन ग्राहकले तुरुन्तै भिसा डेबिट कार्ड लिन पाउनेछन् ।

त्यसैगरी मुक्तिनाथ भिसा डेबिट कार्डबाहक ग्राहकले नेपालको जुनसुकै बैंकका एटीएमबाट बिनाकुनै अतिरिक्त शुल्कमा रकम झिक्न सक्ने सुविधा पनि बैंकले थप गरेको छ । साथै मुक्तिनाथ स्मार्ट बैंकिङ एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशतसम्मको टपअप बोनस सुविधा पनि दिएको छ ।

हाल मुक्तिनाथ विकास बैंकले ११४ शाखा तथा २२ वटा एटीएमबाट करिब ६ लाख ग्राहकलाई बैंकिब सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु