fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ वेबसाइटमा सञ्चालक र सीईओको प्रोफाइल राख्दैनन् बैंक

वेबसाइटमा सञ्चालक र सीईओको प्रोफाइल राख्दैनन् बैंक

rastrya-bank-newskarobar

सेयर बजार लगानीकर्ताका लागि निकै संवेदनशील र जोखिमयुक्त क्षेत्र हो । सेयर बजारमा प्रवेश गर्न कि स्वयं राम्रो विश्लेषण गर्न जान्नुपर्छ कि त राम्रा विश्लेषकको सल्लाह लिनुपर्छ । नत्र डुबिन्छ ।

सामान्यतः कम्पनीको नाफा–नोक्सान, तोकिएको अवधि (पुस मसान्त)भित्र साधारण सभा गरे–नगरेको, कम्पनीको सञ्चालक समिति सदस्य र व्यवस्थापन समूहको प्रोफाइल तथा कम्पनीले बाँड्ने प्रतिफल सेयर बजारमा प्रवेश गर्ने मुख्य आधार हुन् । र, कम्पनीका अन्य सूचकबारे वेबसाइटबाट सहजै जानकारी लिन सकिन्छ । तर, बैंकहरूले सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को प्रोफाइल वेबसाइटमा नराख्दा सचेत लगानीकर्तासमेत समस्यामा पर्ने गरेका छन् ।

कम्पनीका संस्थागत लगानीकर्ता र व्यवस्थापन समूहका प्रमुख अर्थात् सीईओको प्रोफाइल लगानीकर्ताका लागि निकै महत्वपूर्ण हुन्छ । तर, निजी क्षेत्रका तीनवटा बैंक माछापुच्छ्रे, सिटिजन्स इन्टरनेसनल र जनता बैंकले मात्र सञ्चालक समिति सदस्य र सीईओको प्रोफाइल वेबसाइटमा राखेका छन् । सरकारी स्वामित्वका नेपाल बैंक र कृषि विकास बैंकले कसैको प्रोफाइल वेबसाइटमा राखेका छैनन् भने राष्ट्रिय वाणिज्य बैंकले सञ्चालक समिति सदस्यको प्रोफाइलमात्र अपलोड गरेको छ ।

rastrya-bank-newskarobar

हिमालयन, मेगा, नविल, सिद्धार्थ र नेपाल एसबीआई बैंकले सञ्चालक समिति सदस्यको प्रोफाइलमात्र राखेका छन् भने प्रभु बैंकले सीईओको मात्र प्रोफाइल राखेको छ । निजी क्षेत्रका बैंक अफ काठमाडौं, सेन्चुरी, सिभिल, एभरेस्ट, कुमारी, लक्ष्मी, नेपाल बंगलादेश, एनसीसी, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, एनएमबी, प्राइम, सानिमा, स्ट्यान्डर्ड चार्डड र सनराइजले कसैको पनि प्रोफाइल वेबसाइटमा राखेका छैनन् ।

सेयर विश्लेषकहरू राष्ट्र बैंकले नीतिगत व्यवस्था नगरेका कारण बैंकहरूले जिम्मेवार व्यक्तिहरूको प्रोफाइल राख्न बेवास्ता गरेको बताउँछन् । सेयर विश्लेषक रविन्द्र भट्टराई सेयर बजार प्रवेश गर्न चाहनेले आफूले लगानी गर्ने कम्पनी हाँक्नेहरूको वास्तविक परिचय जान्न चाहने भए पनि वेबसाइटमा उनीहरूको प्रोफाइल नराखेर कम्पनीहरूले बेवास्ता गरिरहेको बताउँछन् । ‘सूचीकृत कम्पनीका सञ्चालक तथा उच्च तहका व्यवस्थापकले आफ्नो विवरण वेबसाइटमा राख्नैपर्ने कानुनी व्यवस्था गर्नु आवश्यक छ,’ उनी भन्छन्, ‘बाध्यकारी व्यवस्था नगरिँदा मनपरी भइरहेको छ ।’

rabindra-bhattarai-newskarobar

सेयर बजारमा लगानी गर्नुअघि कम्पनी सञ्चालक र व्यवस्थापनबारे थाहा पाउनैपर्ने हुन्छ । सेयर बजारसँग सम्बन्ध राख्ने संस्थाहरू धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, अर्थ मन्त्रालयलगायतले पनि लगानी गर्नुअघि व्यवस्थापन र सञ्चालकको विवरण हेर्न लगानीकर्तालाई बारम्बार सुझाव दिइरहेका हुन्छन् । सुझावमात्र दिने तर राख्नका लागि बाध्यकारी व्यवस्था नगरिँदा बेवास्ता भइरहेकाले नीति नै ल्याएर कम्पनीहरूलाई बाध्य पार्नुपर्ने विश्लेषक भट्टराईको सुझाव छ ।

कम्पनीका वित्तीय विवरणलगायतका कुरा इन्टरनेट र समाचारमा पनि भेटिने तर सेयर मूल्यलाई निकै प्रभाव पार्ने कम्पनी व्यवस्थापन र सञ्चालकको प्रोफाइलबारे जानकारी पाउन कठिन हुने भएकाले वेबसाइटमा राख्नैपर्ने केसीएल अस्ट्युटका निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई बताउँछन् । ‘आफूले लगानी गर्न लागेको कम्पनीको कस्तो व्यक्तिले स्थापना गरेको हो अनि त्यसको व्यवस्थापनको जिम्मा कस्ता व्यक्तिले पाइरहेका छन् भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘तर बाध्यकारी व्यवस्था नगरिँदा सबैबाट बेवास्ता भइरहेको छ ।’

कम्पनीका सञ्चालक र व्यवस्थापन प्रमुखको प्रोफाइलबाट उनीहरूको अनुभव, अन्य कम्पनी वा व्यवसायमा संलग्नता आदि बारे जानकारी दिनकै लागि पनि अन्तर्राष्ट्रिय स्तरमा वेबसाइटमा विशेष प्राथमिकता दिएर यस्ता सामग्री अपलोड गरिएका हुन्छन् । तर, नेपालको हकमा नेपाल बैंकर्स संघका अध्यक्ष एवं नेपाल बंगलादेश बैंकका कार्यकारी प्रमुख ज्ञानेन्द्र ढुंगानाले समेत आफ्नो विवरण वेबसाइटमा राखेका छैनन् ।

anil-keshari-shah-newskarobar

त्यस्तै, बैंकिङ क्षेत्रमा सबैभन्दा बढी चर्चामा देखिने नबिल बैंकका कार्यकारी प्रमुख अनिलकेशरी शाहले पनि आफ्नो प्रोफाइल राखेका छैनन् । सीईओ शाह विगतदेखि नै नराखेका कारण नराखिएको हुनसक्ने बताउँछन् । ‘कम्पनी सञ्चालक तथा व्यवस्थापन प्रमुखको प्रोफाइल सेयर लगानीकर्ताका लागि मात्र नभएर अन्य प्रयोजनमा पनि धेरै महत्वपूर्ण छ,’ न्युज कारोबारसँग उनले भने, ‘विगतमा नराखिएका कारण त्यसमा ध्यान नपुगेको हुनसक्छ, अब म चाँडै वेबसाइटमा यसलाई म्यानेज गर्न लगाउँछु ।’

नियामक निकाय पनि सुझाव दिनेमात्रै

नियामक निकायका पदाधिकारीको पनि सोच उस्तै कमजोर छ । अरूलाई प्रोफाइल राख्न सुझाव दिने नियामक निकायहरू धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेपाल राष्ट्र बैंक, बिमा समितिलगायतका प्रमुखको विवरण पनि वेबसाइटमा पाइँदैन ।

प्रकाशित समय १६:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु