गृहपृष्ठ सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानअन्तर्गत प्रदान गरिने कर्जाको सुरक्षण गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णुबाबु मिश्रले हस्ताक्षर गरे । सम्झौतापछि सेञ्चुरी कमर्सियल बैंकले लघु, साना तथा मझौला उद्यमका साथै विपन्न वर्ग कर्जाहरुमा लगानी बढाउने दावी गरेको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखा, ६ वटा एक्स्टेन्सन काउन्टर, उपत्यकाबाहिर ९८ शाखा तथा २ वटा एक्स्टेन्सन काउन्टर र १३ वटा शाखारहित बैंकिङ्ग गरी १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु