fbpx
Nepal Mediciti

गृहपृष्ठ ग्लोबल आइएमई बैंकद्वारा ५०० सवारी चालकलाई पोसाक प्रदान

ग्लोबल आइएमई बैंकद्वारा ५०० सवारी चालकलाई पोसाक प्रदान

global-ime-bank-newskarobar

ग्लोबल आइएमई बैंकले प्रदेश १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई ५०० थान पोसाक प्रदान गरेको छ । प्रदेश १ अन्तर्गतका १४ वटै जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनका चालक तथा परिचालकले अनिवार्य पोसाक लगाउनुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न/गराउन पोसाक वितरण गरिएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीसँगको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सवारी दुर्घटना न्यूनीकरण एवं ट्राफिक व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको छ ।

प्रकाशित समय १०:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु