fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ शाखा विस्तारमा ‘एग्रेसिभ’ बन्दै मेगा बैंक

शाखा विस्तारमा ‘एग्रेसिभ’ बन्दै मेगा बैंक

मेगा बैंकको एकैदिन १८ वटा नयाँ शाखा उद्‍घाटन

MegaBank_NewsKarobar

मेगा बैंक नेपाल लिमिटेडका १८ वटा शाखाले आइतबार एकैदिन औपचारिक रुपमा कारोबार सुरु गरेका छन् । ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्‍घाटन गरिएको हो।

तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोट नगरपालिकामा मेगा बैंकको नयाँ शाखाले आइतबारबाट औपचारिक कारोबार आरम्भ गरेका छन् । भानु नगरपालिकाका मेयर उदयराज गौलीले भानु शाखा, सैनामेना नगरपालिका मेयर चित्रबहादुर कार्कीले सैनामैना शाखा, लहान नगरपालिकाका मेयर मुनी साहले लहान शाखा र भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले भीरकोट शाखाको उद्‍घाटन गरेका हुन् ।

यसैगरी, शाखा विस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती रहेका छन् ।

त्रिपुरासन्दुरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले त्रिपुरासुन्दुरी शाखा, भीमसेन गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले भीमसेन शाखा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु शाखा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती शाखा, पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामा ह्याल्मोले पाँचपोखरी शाखाको उद्‍घाटन गरे ।

यस्तै, रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले रामनगर शाखा, विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले विष्णुपुर शाखा, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवले मेगा बैंकको लक्ष्मीनियाँ शाखा, कुम्यायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले कुम्मायक शाखा, रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राईले रोङ शाखा, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले खिजिदेम्बा शाखा, रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले रौतामाई शाखा, गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले गेरुवा शाखा र ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलबिक्रम शाहले मेगा बैंकको ऐरावती शाखाको उद्घाटन गरे । यसअघि गत बिहीबार धादिङको ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा उद्‍घाटन गरिएको थियो ।

‘ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा पुर्याउने नेपाल सरकारको योजना अनुरुप हामीले दुरदराजमा हाम्रा सेवाहरुलाई विस्तार गरिरहेका छौँ । वित्तीय पहुँच र समावेशिताको माध्यमबाट नेपालीहरुको जीवनस्तर उकास्न मेगा बैंक सदैव कटिबद्ध छ,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भनिन ‘हामीले नयाँ शाखा विस्तारसँगै गुणस्तरीय बैंकिङ सेवालाई पनि प्राथमिकतामा राखेका छौँ ।’

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३ सय भन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।

 

प्रकाशित समय १८:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु