fbpx
Nepal Mediciti

गृहपृष्ठ सेञ्चुरी क्यापिटल मार्केट्सको कारोबार सुरु

सेञ्चुरी क्यापिटल मार्केट्सको कारोबार सुरु

सेन्चुरी बैंकको भगिनी कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्सले कारोबार सुरु गरको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले सेञ्चुरी क्यापिटलको उद्घाटन गरे । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७३ साल साउन २६ गते दर्ता भएको क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट गत फाल्गुण २ गते मर्चेञ्ट बैंकिंग कारोवार गर्ने ईजाजत पाएको थियो । यस कम्पनीको अधिकृत पूंजी ३० करोड, जारी पूँजी २५ करोड र चुक्ता पूँजी २० करोड रहेको छ । चुक्ता पूँजी मध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंकको ८५.७५ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको १४.२५ प्रतिशत संस्थापक शेयर छ ।

प्रकाशित समय १९:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु