fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ व्यवसाय गर्ने तर कर नतिर्नेलाई करको दायरामा ल्याउन अर्थमन्त्रीकाे निर्देशन

व्यवसाय गर्ने तर कर नतिर्नेलाई करको दायरामा ल्याउन अर्थमन्त्रीकाे निर्देशन

अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न राजश्व कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई अर्थमन्त्री खतिवडाले भने, ‘करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम देख्छु । त्यसैले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउनुस् ।’ उनले आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न निर्देशन दिए । आर्थिक ऐनले समय सीमा तोकेर विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरेको थियो ।

मन्त्री खतिवडाले कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन भनेका छन् । कार्यालयले चितवन र नवलपुर जिल्लाका धेरै मदिरा एवं बियर उद्योग हेर्ने भन्दै उनले भने, अन्तः शुल्क सङ्कलनमा चुस्त–दुरुस्त ढङ्गले काम गर्नुस् ।’

भरतपुरमा आयोजित कार्यक्रममा राजश्व सचिव लालशङ्कर घिमिरेले बजार अनुगमनमा कडाइ गर्दै बिल नकाट्ने, कम मूल्यको बिल काट्ने जस्ता गतिविधि भए तत्काल रोक्न निर्देशन दिए ।

आन्तरिक राजश्व कार्यालयमा ५१ हजार करदाता छन् । चालू आर्थिक वर्षको चैतसम्ममा २० अर्ब रुपैयाँ राजश्व सङ्कलन भइसकेको उनले बताए । यस आर्थिक वर्षमा ३० अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य कार्यालयको छ ।

प्रकाशित समय १३:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु