fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ पुँजी बजार र बिमामा विदेशी लगानीकर्ता भित्र्याउनुपर्छ : अर्थमन्त्री

पुँजी बजार र बिमामा विदेशी लगानीकर्ता भित्र्याउनुपर्छ : अर्थमन्त्री

yubaraj_khatiwoda फाइल तस्बिर

अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार र बिमामा विदेशी लगानी भित्र्याउनुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आयोजना गरेको साफा इन्टरनेसनल कन्फेरेन्स उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘कुनै किसिमले पुँजी बजार र बिमामा विदेशी लगानी ल्याउन सक्ने हो भने वित्तीय र मौद्रिक उपकरणको विस्तारमा सहयोग पुग्छ ।’

हालैमात्र सरकारले लगानी सम्मेलन गरी विदेशी लगानीकर्ताको ध्यानाकर्षण गराएको र अब लगानी गर्ने वातावरण पनि बनाउँदै लैजाने उनले बताए । ‘यद्यपि, लगानी आकर्षित गर्न भौतिक र बौद्धिक सम्पत्ति सुरक्षणका बलियो आधारहरु तयार गर्नुपर्ने हुन्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘हामीले विदेशी र स्वदेशी निजी क्षेत्रको लगानी वृद्धिका लागि बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कानुन बनाइरहेका छौं ।’

प्रकाशित समय १३:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु