गृहपृष्ठ नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद स्वीकृत

नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद स्वीकृत

nepal-insurance-newskarobar

नेपाल इन्स्योरन्सको ६५ प्रतिशत हकप्रद स्वीकृत भएको छ । इन्स्योरेन्सले धितोपत्र बोर्डबाट आइतबार चुक्ता पुँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात १:०.६५ अनुपातमा ४० करोड १४ लाख रुपैयाँबराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।

हकप्रद जारी भएपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ नाघ्नेछ । बिमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजीको सीमा एक अर्ब तोकेको छ । इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ कायम छ ।

प्रकाशित समय ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु