fbpx
Nepal Mediciti

गृहपृष्ठ गुराँस लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

गुराँस लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

gurash-and-garima-newskarobar

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात बैंकका देशभर रहेका शाखा कार्यालयमार्फत गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक नगद फिर्ता जीवन बिमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बिमा योजनासहित १२ वटा जीवन बिमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बिमितलाई छिटोछरितो एवं भरपर्दो सेवा पुग्ने भएको छ ।

गरिमा विकास बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट यस कम्पनीको जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्सले हालमात्र नेपालको जीवन बिमा बजारमा नौलो र आकर्षक योजना प्रस्तुत गरेको छ ।

प्रकाशित समय १८:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु