गृहपृष्ठ अजोड इन्स्योरेन्सको शाखा जनकपुरमा पनि

अजोड इन्स्योरेन्सको शाखा जनकपुरमा पनि

अजोड इन्स्योरेन्स लिमिटेडले जनकपुर शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले उद्घाटन गरे । कार्यक्रममा कम्पनीका नायब कार्यकारी अधिकृत सुरेन्द्र थापाले संस्थाको समग्र अवस्था, गतिविधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए ।

हाल प्रधान कार्यालय सहित ३० वटा शाखा मार्फत कम्पनीले आफ्नो सेवा दिँदै आएको छ । निर्जिवन बिमाका सम्पूर्ण सेवा सुविधा सर्वसाधारण, संघ संस्था, कलकारखानामा तथा कम्पनीहरुलाई छिटो र छरितो तरिकाले उपलब्ध गराउन तत्कार रहेको पनि उनले जानकारी दिए ।

प्रकाशित समय १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु