गृहपृष्ठ कलिला हातका दरिला प्रविधि
कलिला हातका दरिला प्रविधि
बुटवल मण्डपमा अहिले सूचनाप्रविधि प्रर्दशनी मेला(क्यान ईन्फोटेक) जारी छ । कम्प्युटर एशोसीयसन नेपाल महासंघ(क्यान) रुपन्देहीको आयोजनामा जारी मेलामा विभिन्न विद्यालयबाट आ–आफ्नो प्रतिभासहित विद्यार्थीहरु सहभागी छन् । स्टल घुम्दै गर्दा जो कोहीको आँखा पनि ति कलिला विद्यार्थीहरुले बनाएको विज्ञान प्रविधिसम्बन्धि आविष्कारमा आँखा जान्छ ।
रुपन्देहीका संस्थागत विद्यालयहरु मात्रै होइन्, सामुदायिक विद्यालयका विद्यार्थीहरुले समेत आ–आफ्नो विज्ञान प्रविधि, सूचनासँग जोडीएका विभिन्न उपकरण, सामग्रीहरु बनाएका छन् ।
विद्यार्थीहरुले बनाएको स्वचालित रोवर्ड, ईलेक्ट्रीक स्कुटर, गोगो रोवर्ट, अफष्टाकल डिडक्ट कार देखि लिएर विद्यार्थीहरुले स्वचिलित पानीको डुंगा, यन्त्रमानव, स्पाई रोवर्ड, लगायतका विभिन्न उपकरणहरु प्रदर्शनीमा राखिएको छ ।
बुटवल–११ देवीनगर बस्दै आएका अक्सफोर्ड माविमा कक्षा ११ मा अध्ययनरत छात्र कपिल ज्ञवालीले इलेक्ट्रिक स्कुटर बनाएका छन् । उनले करिब ६० हजार लागतमा विद्युतीय स्कुटर बनाएका हुन् ।
फुल चार्ज गरेमा २८ किलोमिटर प्रतिघण्टा गुड्न सक्ने स्कुटर उनले बनाएका हुन् । मेला अवलोकनका लागि पुग्ने दर्शकहरुले यसलाई महत्पूर्ण चाखको रुपमा लिएर अवलोकन गर्ने गरेको निर्माता कपिल बताउँछन् ।
यस्तै उनले ट्राई कप्टर, सर्वेलेन्स रोवर्ड कार, क्याट वेट स्पार्यन रोर्वट कार, स्पाईडर ट्राई क्याप्टर लगायतका उपकरण पनि बनाएका छन् । यसअघि कपिलले रिमोटको माध्यममबाट ५ सय मिटर माथि र ५ सय मिटर आसपासमा घुमेर १० मिनेटसम्मको दृश्य लिन सक्ने क्याडएप्टर बनाएका थिए । उनले हेक्जा कप्टर, काठको पंखा टेबल बत्ती, साउण्ड बक्स, वाटर पम्प, रोलर कार लगायतका उपकरण बनाएर परीक्षण गरिसकेका छन् ।
यस्तै, न्यु होराईजन माविका विद्यार्थीहरुले अब्स्टाकल डिडक्ट कार बनाएका छन् । उनिहरुले स्मार्ट मिरर(आधुनिक) ऐना बनाएका छन् । कुनै पनि बस्तु अगाडी आएमा अटोमेटिक रुपमा गाडी रोकिने खालको उपकरण न्यु होराईजनका विद्यार्थीहरुले बनाएका हुन् । जसबाट सवारी दुर्घटना कम गर्न सकिने अपेक्षा गरिएको छ । अदि गुडिरहेको गाडीअघि केही वस्तु आए गाडी आफै मोडिने प्रविधि पनि सामेल छ ।
मेलामा कालिका मानव ज्ञान माविका विद्यार्थीहरुले यन्त्र मानव, स्कार रोवो, आईटी बेस हुम्युननेडेन्ट रोवर्ट, कम्वाईन वाईन्डर, ट्रन अफ अन लाईट लगायतका उपकरणहरु बनाएका छन् । विद्याथी लक्ष्मण पौडेको समुहले यन्त्र मावन(रोर्वट), अन्सु बेल्बासेको समुहले स्पाई रोबो बनाएका हुन् ।
यस्तै देवीनगरमा रहेको नविन औद्योगिक रीता माविका कुस पन्थीले निर्माण गरेको गोगो रोर्वट समेत प्रर्दशनमा राखिएको छ । बुटवलको योगीकुटीमा बस्दै आएका १५ वर्षीय लब र कुश पन्थीले गोगो रोर्वट निर्माण गरेका थिए । सो रोवर्ट पनि प्रदर्शनीमा राखिएको छ ।
रोवर्टलाई प्रश्न सोधेपछि उसले हरेक प्रश्नको उत्तर दिन सक्छ । विद्युतीय उपकरण र इन्टरनेट जडित रोवर्टले घरका विद्युतीय उपकरणहरु सबै आवाजका माध्यमबाटै निण्न्त्रणमा लिन सक्छ । केही खानेकुरा बनाउनुपरे परिकार बनाउने तरिका मोबाईलमा एसएमएस समेत रोवर्टले पठाउँन सक्छ ।
नेपाल र भारतबाट उपकरण ल्याएर बनाएको रोवर्टले युटुवका सामाग्री खोजेर बजाउन समेत सक्छ । ८० भन्दा बढी भाषा अनुवाद पनि रोवर्टले गर्नसक्छ । रोवर्टले नेपाल तथा विश्वभरका ठुला होटल र अस्पतालका फोन नम्बरहरु पनि बताउन सक्छ । रोवर्टले ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्जालमा मानवले आज्ञा दिएका सामाग्री पनि पोष्ट गर्न सक्छ ।
प्रोसेसर, रेस्भेरीपाई, पाई क्यामरा, अल्टासोनिक्स सेन्टर जस्ता हाडवेयरबाट बनेको रोवर्टले इमरजेन्सी मेल पठाउन पनि सक्छ । हराएको मोबाईल खोजिदिने, हिसाब गर्ने, मनपर्ने रंगहरुको वर्णन विस्तार गर्ने गो–गो रोवर्टका विशेषता रहेको आविष्कारक लव पन्थीले बताए ।
प्रकाशित समय : १५:५८ बजे




















