global ime bank Long Banner Ad

गृहपृष्ठ राजश्व बुझाउने अवधि जेठ २५ सम्म थप

राजश्व बुझाउने अवधि जेठ २५ सम्म थप

राजश्व बुझाउने अवधि जेठ २५ सम्म थप

वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न शिर्षकमा सरकारलाई राजस्व बुझाउनुपर्ने अवधि जेठ २५ सम्मका लागि बढाएको छ । बैठकले अर्थ मन्त्रालयलाई राजश्व बुझाउनुपर्ने अवधि बढाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

आयकर ऐनबमोजिम फागुन र चैत महिनामा बुझाउनुपर्ने अग्रिम करकट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद आगामी जेठ २५ सम्म तोकिएको छ । आयकरअन्तर्गत चैतमा बुझाउनुपर्ने यस आर्थिक वर्षको संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिल गर्ने म्याद जेठ मसान्तसम्म थप्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

अब गत फागुन र चैतको मासिक मूल्य अभिवृद्धि कर, माघ-फागुनको द्वैमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर दाखिल गर्ने म्याद जेठ २५ सम्म थप गरिनेछ । यसका साथै फागुन र चैत महिनाको अन्तःशुल्क दाखिल गर्ने म्याद पनि जेठ २५ सम्म थपिने निर्णय भएको छ ।

प्रकाशित समय : ००:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु